काँक्रेविहार घोडामा चढेर…..

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, सुर्खेत । वीरेन्द्रनगरमा रहेको पर्यटकिय स्थल काँक्रेविहार अव घोडा चढेर घुम्न पाइने भएको छ ।

सोमवारदेखि काँक्रेविहारमा घोडाबाट काँक्रेविहार घुम्न सकिने व्यवस्थाको शुरुवात वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले गरेको हो । घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले वडाको घोडा सवार कार्यक्रम पर्यटकहरुका लागि आकर्षणको केन्द्र भएको बताउँदै घोडा व्यवस्थापन समितिलाई पर्यटकहरुको सेवामा ईमान्दारिता पूर्वक काम गर्न अनुरोध गरे । वडा अध्यक्ष सुरेश मानन्धरले पर्यटकहरुलाई काँक्रेविहार घुम्न सजिलो होस भन्ने हेतुले घोडा सवार कार्यक्रमको शुभारम्भ गरेको बताए ।

अहिले २ वटा घोडाले काँक्रेविहारको विभिन्न स्थानमा सशुल्क घुम्ने व्यवस्था मिलाएको छ भने आवश्यकता अनुसार व्यवस्थपन समितिले घोडा थप गर्नेछ । घोडा सवार कार्यक्रमले युवाहरुमा रोजगारी सिर्जना पनि हुने र पर्यटकहरुलाई काँक्रेविहार घुम्न सहज पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस