साउदीमा कोरोनाबाट थप १२ जना नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौँ। साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले जनाएको छ ।सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस