मुगुमा सभापतिको चर्चामा चुलिए ऐन बहादुर शाही

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असार ३०, मुगु । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन लाई लिएर केन्द्रदेखि जिल्लासम्म नेतृत्वको होड बाजि चलिरहेको छ । पार्टी सभापतिका लागि केन्द्रमा करिब एक दर्जन दाबेदार देखिँदा देशैभरि जिल्ला सभापतिका आकांक्षीहरु पनि जोड घटाउमा हुन ।

उनीहरुले पार्टीमा प्रारम्भिक क्रियाशील सदस्य मतदातामाथि पकड राख्ने र केन्द्रीय नेतृत्व सँगको लबिङ बढाउने काममा जुटिरहेका छन् । यतिबेला केन्द्रमा जस्तै कर्णाली प्रदेशका जिल्ला सहित मुगुमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । पार्टीको जिल्ला सभापति कसले बाजि मार्ला भन्ने होडबाजी पार्टीभित्र सुरु भएको छ । कर्णालीको दुर्गम हिमाली जिल्ला मुगुमा बिस्तारै बिस्तारै जिल्ला अधिवेशनको माहौल तातिएको छ ।

कोरोना र निषेधज्ञाले सुनसान बनेको सदरमुकाम गमगढी बजार यति बेला नेता कार्यकर्ताको आगमनले काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत ले छुट्टै रुप लिएको छ । त्यस मध्ये मुगु जिल्लाको पछिल्लो समयमा पुर्व पार्टी सभापति ऐन बहादुर शाही जिल्ला सभापतिको रुपमा उभिने चर्चामा रहेका छन् । विगतका वर्ष देखिनै राजनितिक क्षेत्रमा अब्बल रहेका नेता शाही अहिले पनि उनी उस्तै चर्चामा रहेका छन् । बहाल वाला पार्टी सभापति खड्ग बहादुर शाही सर्व सम्मत ढंग बाट जाने विषयमा मोडिएका छन् । तर पछिल्लो समयमा मुगु जिल्लाको लागि पार्टी सभापतिमा ऐन बहादुर भने चर्चामा चुलिएका छन् । एकातिर सामाजिक सञ्जालमा पनि उनको सरग्रर्मि बढेको छ ।

नेपाली काँग्रेसमा अब वडा तहको अधिवेशन सुरु हुने समय नजिकिदै छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

सर्वसम्मत तरिकाले जिल्लामा नेतृत्व गर्ने मोडमा
नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुका वर्तमान पार्टी सभापति खड्ग बहादुर शाहीले अन्य जिल्ला भन्दा मुगु जिल्लामा सर्व सम्मत बाट नेतृत्व चयन गर्ने बताए । अन्य जिल्ला भन्दा मुगु जिल्ला लाई गुट उपगुट नगरि सर्व सम्मत बाट जाने जानकारी गराउनु भएको हो । पार्टीका कार्यकर्ताको सुझावको आधारमा निर्वाचनमा नगएर सर्वसम्मत गराउन प्रयत्न रहने जानकारी दिए ।

यता सभापतिको चर्चामा चुलिएका ऐन बहादुर शाहीको पनि उस्तै कथन रहेको छ । यद्यपि पार्टीले जिल्लाको लागि सहि नेतृत्व चयन गर्छ , भने आफु पनि यसमा सन्तुष्ट रहेको पुर्व सभापति शाहीले बताए । यदि पार्टीले नेतृत्व पंक्तिमा जाने नेता लाई सहि ढंग बाट चयन गरेन भने सर्वसम्मत नभएको अवस्थामा जिल्लामा पनि केन्द्रको जस्तो प्रभाव देखिने निश्चित नै रहेको बताएका हुन । अहिले जिल्लामा सभापतिको लागि ५ जनाको दौडाई चलिरहेको छ । जसमा वर्तमान पार्टी सभापति खड्ग बहादुर शाही , ऐन बहादुर मल्ल , उपसभापति खगेन्द्र मल्ल , पदम रावल , छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि ईच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस