युरोकप फुटबल : पहिलो हाफमा इटालीविरुद्ध इंग्ल्यान्डलाई अग्रता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा अहिले इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियमा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १(० गोलको अग्रता बनाएको छ ।

खेलको तेस्रो मिनेटमा किएरन ट्रिपिएरको पासमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफमा बलमा पकड जमाएपनि इटालीले गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस