ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

खेलको २२ औं मिनेटमा रोड्रिगोको पासमा डी मारियाले निर्णायक गोल गरे । यता, बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस