सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल माथि भ्रष्टचारको मुद्धा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं । प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल उपर अख्तियारले आरोप पत्र दायर गरिएको छ ।

प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवालले सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै उनले विभिन्न बहाना घुस माग गरेका हुन ।

घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाललाई सेवाग्राहीसँग रू. ७,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान हुँदा कटुवालले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ चिठ्ठी आएकोले मिलाइदिने प्रयोजनको लागि रू. ७,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकम बरामद भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कटुवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रू.७,०००।कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस