मध्यरातमा बालिकाको शव जलाउने ७ जना प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २५, धनुषा जनकपुर– धनुषाको सबैलामा एक बालिकालाई मध्यरातमा जलाइरहेको अवस्थामा आधा दर्जन भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवैला नगरपालिका वडा नम्बर– १ मा मध्यरातमा बालिका जलाइरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त समूहले गत राति झुन्डिएर पिंकीको मृत्यु भएको भन्दै प्रहरीलाई जानकारी नदिई जलाउने तयारी गरेको थियो । मृत्यु हुनेमा स्थानीय शत्रुधन यादवकी १४ वर्षीय छोरी पिंकीकुमारी यादव रहेकी छन् । उनी घरमै झुण्डिएको अवस्थामा परिवारजनले देखेका थिए ।

सोमबार मध्यरातमा घरभन्दा २ किलोमिटर टाढा सडक छेउमा उनको शव जलाइरहँदा प्रहरीले देखेपछि त्यहाँ उपस्थित सबैलाई नियन्त्रणमा लिएको थियो । शव जलाउने क्रममा प्रहरीको गाडी आइरहेको दखेपछि सबैको भागाभाग भएको थियो ।

त्यसपछि प्रहरीले तुरुन्तै जलिरहेको शवलाई नियन्त्रणमा लिएको थियो भने बालिकाका बुवा शत्रुधन यादवलाई समेत नियन्त्रणमा लिएको थियो । शवको पोष्टपार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनामा पिंकीको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको भन्दै प्रहरी निरिक्षक चन्द्रमोहन यादवले बताए ।

प्रतिक्रिया दिनुहोस