काठमाडौं जिल्ला मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार २३, काठमाडौं नेपालको खेलकुद क्षेत्रलाई विश्वभर चिनाउनु पर्नेमा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठले जोड दिएका छन् । श्रेष्ठले सो कुरा मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं जिल्ला कमिटी द्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा बताएका हुन् । श्रेष्ठले नेपाललाई पशुपति, लुम्बिनी र सगरमाथाको देश मात्रै नभएर खेलाडी उत्पादन गर्ने देशका रूपमा चिनाउनु पर्ने बताएका छन् ।

उनले सुशिल कोइराला फाउन्डेसनसँग मिलेर काम गरेकाले पुर्व एमालेसँग जोडेर हेर्न नमिल्ने पनि बताए । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले खेल क्षेत्रलाई महानगर पालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले खेल्ककुदको विकासमा आफु निरन्तर लागि रहने बताए । आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमले खेलकुदको बिकासमा सबैले साथ दिनु पर्ने बताएका थिए ।

उनले खेल बिनाको जिबन कल्पना गर्न नसकिने बताए । काठमाडौ जिल्ला कमिटीले खेलकुदको बिकासमा प्रभाबकारी काम गर्ने धारणा राखेका थिए । खेलकुद मानव जिवनको लागि महत्वपुर्ण भएको उनको भनाई थियो। यसैगरी सो अवसरमा तेक्वान्दोमा अनिल तामाङ, फेन्सिङ तर्फ क्रमस अमित भण्डारी , ओमकार सिंह, पायस योन्जन, सन्तोष थापा मगरलाई सम्मानित गरिएको थियो ।

बक्सिङ तर्फ सुष्मा तामाङ, एथलेटिक्सतए सन्तोषी श्रेष्ठ सफ्टेनिस तर्फ चन्द्र्माया राइ, सुनिरा थापा, निर्मल स्थापित र शारीरिक सुगठन तर्फ अनिल लाल श्रेष्ठ, नरेश मालाकार र आवाज प्याकुरेललाई प्रमुख अतिथि बिनोद श्रेष्ठ काठमाडौं अध्यक्ष नाजिर उद्दिन र काठमाडौं महानरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले सम्मान गरेका थिए। कार्यक्रममा सम्मानितहरुले आफ्नो प्रतिभाको कदर गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस