कैलालीमा चुरे संयोजक सहित २ जना विप्लव कार्यकर्ता पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २३, कैलाली । ई. प्र. का. फल्टुडे, कैलालीमा चुरे संयोजक सहित २ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्  ।

 

चुरे गाउँपालिकाका निङाली, अलाड, गजार, खैराला, सहजपुर तथा फल्टुडे कैलाली साथै अन्य जिल्लामा समेत आफ्नो पार्टी बिस्तार तथा चन्दा आतंक तथा धम्कि अराजकता फैलाईरहेका ने. क. पा. विपलव समुहका सक्रिय सदस्य एबं चुरे संयोजक तथा कैलाली जिल्ला कमिटिका सदस्य रमेश थापा ९ संघर्ष र चुरे सदस्य ठक्कर साहुलाई ई. प. का. फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माको टोलीले पक्राउ गरेको हो ।

 

साथै निजहरुबाट चन्दा उठाउने ठेली ने. क. पा. का पर्चा पम्पलेट समेत फेला पारि अनुसन्धान भइरहेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउँनु भयो ।

प्रतिक्रिया दिनुहोस