पूर्व श्रीमतीबारे ऋतिक रोशनले भने, “यो सुन्दर सम्बन्ध हो, प्रेम घृणामा परिवर्तन हुन सक्दैन”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं  । बलिउड नायक ऋतिक रोशनले एक अन्तरवार्तामा पूर्व–श्रीमती सुजैन खान बारे कुरा गरेका छन् ।

सम्बन्धविच्छेद भइसकेकी श्रीमतीसँगको आफ्नो सम्बन्ध निकै राम्रो भएको ऋतिकले बताएका छन् । उनले भने, “यो सुन्दर सम्बन्ध हो । हाम्रो बच्चासँग, साथीको रुपमा हाम्रो साथ । यो सबै तपाईंको समझदारीमाथि निर्भर हुन्छ । “

उनले प्रेम कहिले पनि घृणामा परिवर्तन हुन नसक्ने बताएका छन् । यसबारे उनले भनेका छन्, “एउटा कुरा निश्चित छ, प्रेम कहिले पनि घृणामा परिवर्तन हुन सक्दैन । यदि यो घृणा हो भने हामीबीच प्रेम नै थिएन । यो प्रेमकै दोस्रो पाटो हो… प्रेम पनि हो । जब तपाईंले यो बुझ्नुहुन्छ तब प्रेममा फर्कने बाटो खोज्न थाल्नुहुन्छ ।”

ऋतिक र सुजैनको सन् २०१४ मा नै सम्बन्धविच्छेद भइसकेको छ । अहिले पनि यी दुई सँगै घुम्ने र एक–अर्काको बलियो सपोर्ट सिस्टमको रुपमा उभिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस