भारी वर्षापछि विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गर्‍यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । राजधानीमा शनिबारको भारी वर्षापछि विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गरेको छ ।

जल तथा मौस विभागले एक सूचना जारी गर्दै वर्षा जारी रहेको र  जलसतह बढ्दो क्रममा रहेकाले सर्तक हुन आह्वान गरेको छ ।

विभागले नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस