नियमनकारिले के गर्ला भनेर कहिलेसम्म त्रसित हुने सेयर बजार

Khabar24Nepal Author Logo..
प्रकाश सापकोटा पढ्न लाग्ने समय : २ मिनेट

पछिल्लो समय नेपाली सेयर बजारमा ओइरिनेको लर्को नै लागेको छ। कोभिडको बड्दो प्रभाबले पनि होला अन्यत्र लगानी गर्ने भरपर्दो माध्यम नभयर यता ओइरिनेको तातिनै लागेको छ। पक्कै पनि यो हामी सबैको लागि सुखद खबरनै हो । किनकी हामी जो कोहि पनि आफ्नो सम्पतिलाइ दिनानुदिन बढाउनै चाहन्छौ। त्यतिमात्रै होइन यस्ले देसबिकाशमा समेत महत्वपुण भुमिका खेल्दछ, जब सेयर बजारमा लाखौ लगानिकर्ता प्रबेस गर्छन तब यस्को दायरा बढी कारोबार धेरै हुने गर्छ।
फलस्वरुप सरकारलाइ जाने राजस्व समेत बड्दछ। झन अहिले त पछिल्लो समय अन्य क्षेत्र ठप्प रहदा सरकारलाइ जाने राजस्वको प्रमुख क्षेत्र सेयर बजारनै बनेको छ। साथै कतिले बुझेर लगानी गर्दा मनग्य कमाएका छन भने कतिले हो हल्लाको पछि लाग्दा गुमाएका पनि छन।

जे होस राम्रोसँग बुझेर लगानी गर्न सकियो भने पक्कै पनि नेपालि सेयर बजारबाट केही भने पक्कै गर्न सकिन्छ। तर यति हुदा हुँदै पनि केही हल्ला र नियमनकारी निकायको खेलाचिपनले गर्दा कतै नेपाली सेयर बजार धरासाही बन्ने त होइन ? यो प्रस्न हामी सबैको मनमा उब्जनु स्वभाबिक नै हो। पछिल्लो समय त धितोपत्र बोर्डले फलानो कम्पनी यस्तो छ भनेर नामसुचिनै प्रकासित गर्नु, रास्ट्र बैकले अब ल्याउने मौद्रिक नितिमा सेयर कर्जालाइ केही कडाइ गरिने भनेर बजारमा हल्ला फिजाइनु वा तेहि अनुसार नीति नियम बनाइनुले कतै सम्बन्धित ठाउँमा नेपाली सेयर बजारलाइ माया गर्ने ब्यक्ती नपालको होकि जस्तो अनुभव हुन थालेको छ।

जस्को उदाहरण आजभोलि हुने दैनिक कारोबार र नेप्से इन्डेक्सले देखाइरहेको छ। यहि सेयरबजारबाट कतिले आफ्नो घर व्यवहार चलाइरहेका छन।कतिले यहि क्षेत्रबाट आफ्नो सम्पुण खर्चको जोहो गरिरहेका पनि छन । त्यसकारण उनिहरुलाइ दिनानुदिन टाउको दुखाइको बिषय बन्न पुग्नु स्वभाबिक नै हो, कतै म गलत ठाउमा पो छिरेछु कि, कतै मेरो सबै सम्पती डुब्ने त हैन जस्ता प्रस्नले दिनानुदिन मन अमिलो बनाइरहेको छ।खास भन्ने हो भने सरकारलाइ दैनिक करौडौ राजस्व जाने क्षेत्र, देशको आर्थिक मेरुदण्ड मानिने सेयर बजारलाइ सरकारले पनि राम्रो नजरले हेर्न सकियो र, नियमन कारी निकायले पनि यो हाम्रै अर्थोपार्जनको प्रमुख क्षेत्र हो ।

यसलाइ हामिले बेवास्ता गर्नु हुदैन भनेर सक्षम ब्यक्ती नियमनकारी निकायको रुपमा आउने हो भने पक्कै पनि हामी जस्ता लाखौ लगानिकर्ताले अब के होला, फसिने त हैन भनेर पक्कै पनि मन अमिलो बनाउनु पर्ने थियन। र बेलाबखत चल्ने हल्ला बाट डराउनु पर्ने थिएन।

प्रतिक्रिया दिनुहोस