बिकल्पमा गहुतको प्रयोग गर्दै किसान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

असार १८, इलाम । रसायनिक मल र बिषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकरात्मक प्रभाव हुने बुझेपछि किसानहरु अहिले बिकल्पमा गहुतको प्रयोग प्रयोग गर्न थालेका छन् ।

बजारमा आर्गेनक बस्तुको चर्चा बढेको र आफुले पनि रसायनिक मल र बिषादीमा हुने खर्च कटाउदा उस्तै फाइदा हुने भएपनि मानव स्वास्थ्य र वाताबरणमा भने सकरात्मक प्रभाव रहने भएपछि इलाम रोङका किसानहरुले यसको प्रयोग गर्न थालेका हुन् ।

आफ्नै गोठमा दिनहु ठूलोमात्रामा गहुत नास भएर जाने तर बिरुवालाइ चाहिने पोषण तत्व गहुतमा पाइने थाहा पाएपछि अहिले रोङ ६ का किसानहरुले गोठमा प्लास्टिकका जर्किन र भाडोहरु राख्न थालेका छन् । यहाका किसानहरुले गहुतको महत्व रोङ गाउपालिकाको आर्थिक सहयोग र सोसियल इन्सक्टचर मेनेजमेन्टको प्राबिधिक सहयोगमा गत फागुन २१ गतेबाट संचालन भएको कृषक पाठशालाबाट सिकेका हुन् । अहिले यहाका किसानहरुले गोठमा पाइने गहुतको संकलन गरेर बालीनालीको जरा काण्ड र पातमा छर्कनुको साथै आफ्नै वरपरपाइने अमिलो तितो, टर्रो ,पिरो र खासगरि गाइ बस्तु र जनावरले नखाने र खाएपनि जनावर मर्ने बिरुवाहरुको पात र डाठलाइ संकलन गरि मसिनो बनाएर टुक्राउने र प्लासिटकको भाडोमा गहुतमा डुवाएर राख्ख्ने र बिरुवामा लाग्ने रोग र किराको बिरुद्ध छर्कने तरिका अपनाउदै क्रमस गाउलाइनै अर्गोनिक उत्पादन तिर लैजाने प्रयासमा रहेका किसान श्याम आचार्यले बताए ।

आखिर के छ र किन र कसरी गहुतको प्रयोग गर्ने भन्ने जिज्ञासामा करिटास नेपालका कृषि प्राविधिक उमेस ढकाल भन्नुहुन्छ ”गहुतमा बिरुवालाइ चाहिने नाइट्रोजन तत्व पाइने भएको कारण बिरुवाको जरा पात र काण्डमा गहुतको प्रयोग गर्दा नाइट्रोजन प्राप्त हुने र बिरुमा छर्कदा गहुतको गनधको कारण बिरुवा खान आउने किरासमेत भाग्ने भएको कारण यसको प्रयोग फाइदाकारी हुने र बिरुवाको अवस्था अनुसार प्रतिलिटर गहुत ५ देखी १० लिटर सम्म पानीमा मिसाएर छर्कनु पर्ने हुन्छ ।”

यता किसानहरुको गोठ भने पुरानै प्रकारको भएको कारण यस्ता महत्वपूण तत्व गहुत नास भएर जाने गरेको छ । अहिले किसानहरुले गहुत संकलन र संरक्षण गर्ने कुनै बैज्ञानिक तरिका नअपनाएको किसान इन्द्र प्रधानले बताए । यता बिषदीको प्रयोग हटाउदै अर्गेनिक कृषि प्रणालीमा जाने भनिएको रोङ गाउपालिकामा किसानहरुको लागि के कार्यक्रम रहेको छ त भन्ने प्रश्नमा ”आगामी बर्षलाइ एकसय वटा गोठसुधारको कार्यक्रम रहेको र किसानले आवश्यक्ता महसुस गरेमा प्राबिधिकहरुवाट किसानलाइ तालिम दिएर अरु पनि गर्न सकिने गाउपालिकाका अध्यक्ष समसेर राइले बताए ।”

प्रतिक्रिया दिनुहोस