गाउँपालिकाको इन्जिनियरद्धारा झोलुङ्गेपुल निर्माण प्रक्रियामा एकलाख घुस

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
असार १९ , सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकास कुमार श्रेष्ठले स्वर्णा झोलुङ्गेपुल निर्माण सम्बन्धी बिल फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ ।
इन्जिनियर विकास कुमार श्रेष्ठले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रू. १,००,०००।– घुस बापतको रकम लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
उनमाथि थप अनुसन्धान हुँदा इन्जिनियर विकास कुमार श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले निजलाई विगो रू. १,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस