नक्कली सवारी चालक अनुमतीपत्र बनाउने सामान सहित ३ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं । काठमाडौं महानगरपालिका-७ चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानो सिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन् । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर १ थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस