भक्तपुरबाट अवैध लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार १८, काठमाडौं। भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट ललितपुर बाडेगाउँ बस्ने २९ वर्षीय रोशन श्रेष्ठलाई नियन्त्रित लागूऔषध मोराफिन ५१ पिस, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.६६ प २०५७ नम्बरको स्कुटी अनियन्त्रित भई सडकको रेलिङमा क्षति गराई फरार हुन खोज्दा महानगरीय प्रहरी वृत ठिमीबाट खटिएको प्रहरीले स्कुटर नियन्त्रणमा लिई चालक श्रेष्ठलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित चपुर चोकबाट वृन्दावन नगरपालिका-६ बस्ने १९ वर्षीय शेख अतिख रहमानलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ सय पत्ता सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.४१ प ८४७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रहमानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१ स्थितबाट हरिवन नगरपालिका-२ अत्रौली बस्ने ३५ वर्षीय बसन्त लामालाई अवैध लागूऔषध गाँजा करिब १० केजी सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ना.६३ प ५४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-२ स्थितबाट सोही नगरपालिका-१ बस्ने २० वर्षीय सुनिल बिकलाई नियन्त्रित लागूऔषध लुप्रिजेसिक १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेल्याब १ एम्पुल र नगद ८७ हजार ७ सय ४० रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस