चन्द्रागिरीबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १२.४० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा बाहुनडाँगी बस्ने २० वर्षीय यमन रानामगर, बिर्तामोड नगरपालिका-१ बस्ने २२ वर्षीय बिसाल लिम्बु र फिदिङ नगरपालिका-४ बस्ने २१ वर्षीया सुनिल देवान रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ आउदै गरेको ना.६ ख ४१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस