एकै रात पाँच घरमा लुटपाट र चोरी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १७, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।

मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको ८ तोलाको पाउजु र ५ तोलाको ब्रास्लेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताए ।

यसैगरी कैलु चौधरीको घरबाट नगद रु ५ हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताए । जङ्गल राम, झमेली सदाको एक/एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद रु ५ हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोखे । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ ।

एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् । चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए ।

प्रतिक्रिया दिनुहोस