दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल

असार १७, दैलेख । दैलेखको पंचकोशी क्षेत्रको नाभिस्थानबाट चीन सरकारको बिशेषज्ञ टोलीले पेट्रोलियम पदार्थको अन्वेषणको औपचारिक काम सुरुवात गरेको छ ।

सोमबार चीन सरकारको बिशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले अन्वेषण कार्यको औपचारिक सुरुवात गरेका हुन् । मन्त्री यादवले कर्णाली प्रदेश धरै संभावना बोकेको प्रदेश भएकोले दैलेखबाट पेट्रोलियम पदार्थको औपचारिक अन्वेषण सुरुवात भएको बताउनुभयो ।

पुर्व उधोग मन्त्री सोम प्रसाद पाण्डेले पेट्रोलियम भण्डारणको उत्खन्न गर्ने कार्य सामान्य नभएको वताउनु भयो । यस्तै उधोग वाणिज्य तथा आपुर्ति मन्त्रालयका महा निर्देशक डा. सोमनाथ सापकोटा , अर्थमन्त्रालयका सचिव याम कुमारी खतिवडा उपमहानिर्देशक सुधिर रजौरे लगायतले सरकारले पुर्व सम्भाव्यता अध्यन गरेर प्रतिवेदन बुझाएपछि मात्र सो कार्यको थालनि भएको बताउनुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहिले पेट्रोलियम अन्वेषणको अनुसन्धान संगै कर्णालीमा बिकासको सम्भावना बढदै पेट्रोलियम अन्वेषण सगै दैलेखका युवाले स्थानिय स्थरमा रोगारी पाउने बताउनुभयो । युवाका लागि सरकारले नि:शुल्क पढाउने र अन्वेषणको क्षेत्रमा विज्ञता प्रदान गराउन सरकार लाग्ने छ उहाँले भन्नुभयो । अनुसन्धानबाट उत्खननको कार्य सुरु भएपछि प्रदेश सरकार र केन्द्र सरकारले आम नागरिकको जिवन स्तर सुधारका लागि ठोस काम गर्ने उहाँको भनाई छ । २०७२ साल चैत्र २३ गते चीनको बिशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख आई एकसाता अनुसन्धान गरेर फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस