आइफा अवार्ड चुनौती भन्दा अवसर धेरै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १० मिनेट
  • विनोद त्रिपाठी

असार १६, काठमाडौं । आइफा अवार्ड भारतीय फिल्म क्षेत्रको प्रमुख महत्वपुर्ण अन्तराष्ट्रिय ‘कला अवार्ड’ हो । सन २००० देखि शुरु यो अवार्ड बितरणको पहिलो बर्षको कार्यक्रम लण्डनमा आयोजना गरियो । त्यसपछि क्रमश स् साउथ अफ्रिका, मलेशिया, साउथ अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, अरब, फेरि लण्डन, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानाडा, सिंगापुर, मकाउ, अमेरिका, मलेशिया, स्पेन, फेरि अमेरिका र थाइल्याण्डमा आयोजना भइसकेको छ । अब बिसौं श्रृंखला नेपालको काठमाडौमा आयोजना गर्ने तयारी भइरहेको छ । आइफाले यो सम्पुर्ण बिषय आफ्नो वेभसाइट राखिसकेको छ । यो हाम्रा लागि भब्य मौका हो । पर्यटन प्रबर्धनका लागि सौभाग्य पनि हो ।

गत शुक्रबार संचारमन्त्री गोकुल बाँस्कोटाले यसका लागि नेपाल सरकारले ४४ करोड दिने र पर्यटनमन्त्री वा राज्यमन्त्री सरहकै ब्यक्तिले संयोजन गर्ने निर्णय सार्बजनिक गरेका थिए । अहिले पर्यटनमन्त्रीको जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् । नेपाल जस्तो प्राकृतिक तर सानो अविकसित मुलुकमा यति ठुलो अवार्ड कार्यक्रम हुनु हाम्रो लागि गौरवको बिषय हो । यसले पर्यटन प्रबर्धनमा सघाउ पुग्नेमा कुनै दुइमत छैन । यसले संसारभर हाम्रो क्षमता र महत्वको बिषयमा पक्कै राम्रो सन्देश फैलाउनेछ ।

यसमा नेपाल सरकारले आफ्नो तयारी गंभिरतापुर्वक लाग्नुपर्छ । नत्र, यो अवार्ड कार्यक्रममा हुने हाम्रा कमी कमजोरी संसारभर फैलिनेछन् । सरकारले गर्नुपर्ने तयारी आइफाको सन्दर्भलाई मात्र हेर्न हुँदैन । यो हाम्रो दिर्घकालिन बिकासको कोषेढुँगाको रुपमा सावित हुन सक्छ । तर, कसरी रु यसमा केहि चर्चा गर्न सान्र्दभिक देखिएको छ ।

एकजना नेपाली फिल्मीकर्मीले हालै आइफाको सुरक्षा बिषयलाई लिएर सामाजिक संजालमा लेखे, ‘सलमान खान र कपिल शर्मालाई सुरक्षा दिन नसक्ने नेपाल सरकारले कसरी पुरै बलिउडलाई सुरक्षा देला रु’ उनको यो बिचार अल्पकालिन छ । अदुरदर्शी र नेपालकै बिकास जस्तै सांगुरो छ । नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म वाहवाह कुनै फिल्म बन्न नसकेको आम दर्शक माझ चर्चा चल्छ । हलमा हिन्दी फिल्म हेर्न पाएसम्म नेपाली दर्शकले सकेसम्म नेपाली फिल्म हेर्न उतिसारो हतार गर्देनन् । थोरै लगानी, सानो क्षेत्र भएपनि नेपाली फिल्म क्षेत्रले नेपाली नै दर्शक तान्न नसकेको तितो यथार्थ हाम्रा सामु छर्लंग छ । एकाध केहि कमेडी नेपाली चलचित्र बाहेक खासै अहिलेसम्म नेपाली फिल्म नेपालीका मनमस्तिष्कमा बस्न सकेका छैनन् । त्यस्ता नेपाली कमेडी चलचित्र सानो आकारका टेलिफिल्म जस्ता छन् । यसमा नेपाल सरकार, कलाकर्मी, प्राबिधिक पक्ष र नेपाली कलाक्षेत्र जिम्मेवार छन् ।

आइफाको तयारी र प्रभाव
आइफा अवार्ड कार्यक्रम भएपछि श्रीलंकामा एकै पटक २० प्रतिशतले पर्यटक आगमन बढेको थियो । मलेशिया सरकारले त आफ्नो देश बलिउडको गतिलो मार्केट भएको घोषणा गरेको थियो । अहिलेसम्म जुन देशमा आइफा कार्यक्रम भयो त्यो देशले यसलाई गौरवको बिषय बनाएका छन् । त्यहि श्रेणीमा राखेर नेपाललाई आइफाले हेर्नु हाम्रा लागि सकारात्मक पक्ष हो । यसका बाबजुद सरकारले गर्नुपर्ने गंभिर दायीत्व यो भित्र अन्तरनिहित छन् । सुरक्षा र सरसफाई प्रमुख चुनौती हो । आइफा अवार्डमा करिब सिंगो बलिउड नेपाल भित्र उत्रनेछ । उच्च श्रेणीका कलाकारहरुका आफ्नै वडिगार्डदेखि स्वकीय सचिबसम्मका दुई दर्जन टोली साथमै हुनेछन् । उनिहरुका आफ्नै जहाज र नेपाल बस्दा प्रयोग गर्ने सवारी साधान ल्याउनेछन् । करिब ६ सय जना चर्चित कलाकारलाई पाँच तारे होटलमा राख्ने तयारी रहेको सरकारका अधिकारीहरुले बताएका छन् । यिनका सहयोगी समेत गर्दा करिब २ हजार भारतीय कलाकर्मीको प्रत्यक्ष सहभागी हुनेछ । हुन त यिनलाई ओसार्न नेपाल पर्यटन बोर्डले नेपाल बायुसेवा निगमलाई जिम्मा दिने तयारी थालेको छ । तर, केहि उच्च श्रेणीका कलाकारहरु आफ्नै एयरबस प्रयोग गर्छन् ।

आइफाले जहाँ कार्यक्रम राख्छ, त्यहाँ उसले आफ्नै स्टेज हल तयार गर्छ । हल, ब्यबस्थापन, खानपान, बिभिन्न सामग्री लगायतमा आधा अर्ब रुपँया भन्दा बढि खर्च लाग्ने अनुमान आइफा प्राबिधिक टोलीको छ । सम्पुर्ण खर्च एक अर्ब माथिको हुने अनुमान छ । उनिहरुले प्राबिधिक टोली उतैबाट ल्याउनेछन् । यो तयारीले हाम्रो आर्थिक पक्ष केहि सलबलाउनेछ । केहि नेपाली कामदारले काम पाउनेछन् । आइफा कार्यक्रम बिश्वभरका १६२ मुलुकमा एकैपटक प्रत्यक्ष प्रशारण हुने प्रमुख कार्यक्रम हो । बिश्वमा हिन्दी फिल्मका दर्शक आधा जति छन् । प्रमुख भाषा अंग्रेजी रहेको बेलायतमा दोस्रो बोलिने भाषा हिन्दी हो । ब्रिटिशले भारत छोडेपछि भारतीय भाषा, केहि सस्कृति र परम्परा पनि साथमै बेलायत लिएर गएको थियो । बेलायतमा मन्दिरहरु छन् । हिन्दी फिल्मका लाखौं दर्शक छन् । बेलायतमा त हिन्दी फिल्मको यो जगजगी छ भने बिश्वका अन्य मुलुकमा झन कस्तो होला , सोझो अनुमान गर्न सकिन्छ । अफ्रिकन, एशियन, आशियान, अमेरिकन र पुर्वी एशियाका धेरै मुलुकहरुका नागरिकहरु हिन्दी फिल्मका पारखी छन् । त्यसैले, आइफाको प्रत्यक्ष प्रशारणलाई बिश्वका एक तिहाई जनसंख्याले हेर्ने दावी आइफा बिश्लेषकले गर्दे आएका छन् ।

सरकारको दायीत्व के ?
नेपाल सरकारले आइफा अवार्डका लागि पुर्ण सुरक्षाको प्रबन्ध मिलाउन सक्नुपर्छ । यसमा कुनै कसर बाँकी राख्न हुँदैन । सिंगो समुहलाई नै सुरक्षा दिनुपर्ने भएकोले सरकारलाई सजिलो पनि हुन सक्छ । हरेक ब्यक्तिपिच्छे सुरक्षाकर्मी टोली पठाउन झन्झट नहुन सक्छ । तर, कलाकारहरु फुर्सदको समय ब्यक्तिगत तवरले यहि मौका छोपेर नेपाल घुम्न सक्छन् । यतिबेला भारतभर अत्यधिक गर्मी छ । उनिहरुका लागि नेपाल निकै शितल हुने भएकोले ब्यक्तिगत घुमघाम अबस्य हुन्छ ।

शहरको धुलो, धुँवा, फोहोर, भुस्याहा कुकुर, मगन्ते र असरल्ल फुटपाथ पसलले बलिउडका कलाकारलाई दिक्क बनाउन सक्छ । अहिलेको जमाना सेल्फ प्रचारमा चलेको छ । आफ्नै फेसबुक, इन्स्टाग्राम, मोबाइल, ट्वीटर र वेभसाइट हुन्छन् । यी कलाकारले पोष्ट गरेका हरेक सामग्री आँफैमा गतिलो प्रचारका माध्यम हुन्छन् । त्यसैले, यसको तयारीमा नेपाल सरकार गंभिर बन्न सक्नुपर्छ । हुन त यो भन्दै गर्दा बलिउडका कलाकारलाई खुशी बनाउनकै लागि यो हदसम्म चाकडी किन आबस्यक पर्यो भन्ने प्रश्न उठ्ला । तर, यसमा नेपालको पर्यटन क्षेत्रको स्वार्थ जोडिएको छ । यो हाम्रै स्वार्थका लागि हो । हाम्रा बिभिन्न तयारीहरुले एकातिर, बलिउड रमाउनेछ भने अर्कोतिर हाम्रो प्रचारले बिश्वभरि गतिलो छाप छोड्नेछ । अतिथीको सत्कारले हुने सकारात्मक प्रचार हाम्रा लागि पर्यटन प्रबर्धनमा महत्वपुर्ण कडी बन्नेछ ।

किन बर्षियो बिरोध ?
केहि बर्ष अघि बलिउड महानायक अभिताभ बच्चनले ट्वीट गरेका थिए , ‘मलाई यतिबेला भारतीय पुरुष भन्न लाज लागिरहेको छ ।’ उनले दिल्लीमा भएको एक बालिकाको बलत्कारपछि हत्या भएको घटनालाई इगिंत गर्दे त्यो दुख ब्यक्त गरेका थिए । दिल्ली भारतको राजधानी हो, जहाँ हरेक दिन कुनै न कुनै डरलाग्दो बलत्कारका घटना हुने गर्छ । संयुक्त राष्ट्रसंघको क्राइम ब्युरोले भनेको थियो, महिलाहरुका लागि भारत निकै जोखिम क्षेत्र हो । झन बिदेशी महिलाका लागि एक्लै घुम्न उति नै जोखिम छ ।’ केहि गैर सरकारी संघ÷संस्थाले त दिल्लीलाई बलत्कारको राजधानी घोषणा गरेका थिए ।

भारतको सबैभन्दा जोखिम क्षेत्र भनेको उत्तरप्रदेश, विहार, झारखण्ड, पश्चिम बंगाल क्षेत्र हुन् । यिनै क्षेत्रसंग हामी जोडिएका छौं । महिला हिंसा, कुरिती, अन्धबिश्वास र जघन्य अपराधले यी क्षेत्रले बदनाम कमाएका छन् । भारतमा लाखौं मगन्ते सडकमा बस्छन् । हजारौं अपराधीहरु खुलेयाम चोक र बिभिन्न जक्सनमा फेला पर्छन् । बिश्वको शक्तिशाली मात्र नभई पाँच भागको एक भाग जनसंख्या भारतमा मात्र भएको त्यत्रो बिशाल देश अझै पनि दरिद्र, पछ्यौटे, अन्धबिश्वास, अपराध र गरिबीको दलदलमा फँसिरहेको छ । भारतका ग्रामिण क्षेत्रमा मानवीय जिवन निकै कहाली लाग्दो छ । आफ्नै देशका यी यावत बिकृतिहरुलाई भारतीय कलाकारले हजारौं फिल्म बनाएर जनता र सरकारलाई सुसुचित गरिरहेका छन् । गंगाजल, सिघंम, डन नं वान जस्ता कयौं फिल्महरुले भारतको बास्तविकतालाई पर्दामा उतारिसकेको छ ।

भारतको बिकृतिको यो रुप खुल्ला सिमानाले गर्दा नेपाल भित्र पसिरहेको यथार्थ हामीले भोगीरहेका छौं । महिला हिंसा, घरेलु हिंसा, एसिड आक्रमण, दाइजो प्रथा, पछिल्लो पटक सिरिंज आक्रमण, साइवर क्राइम लगायत आदि सुन्न र देख्नै नसक्ने अपराधहरु भारतमै जन्मिएका कुकृत्यहरु ह्ुन् । नेपालको मधेश क्षेत्र यी यावत बिकृतिबाट आक्रान्त छ । त्यसको असर पछिल्ला बर्षमा पहाड र हिमाली क्षेत्रमा सल्किएको छ । यहि आधारलाई मध्यनजर राखेर नेपाल प्रहरीको अपराध ब्युरोले तराई क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पार्दे आएको छ । तर, संस्कृति र परम्पराका नाममा हुने अपराधलाई नेपाल प्रहरीले पनि रोक्न सकेको छैन ।

भारतको ग्लामर दुनिया सिमित बर्गमा मात्र खुम्चिएको छ । कला क्षेत्रका ब्यक्तिहरु आफ्नै घेरा भित्र मात्र स्वतन्त्र भएको महसुस गर्छन् । तर, स्कुल, कलेज, किनमेल, बजार लगायतका बिभिन्न क्षेत्रहरु सर्बसाधारण महिला–केटीहरुका लागि निकै जोखिम मानिन्छ । महिला र पुरुष बिचको बिभेद भययुक्त छ । जातजाति, धर्म, सम्प्रदाय बिचको खाडल भयंकर डर लाग्दो छ । तर, पनि भारतले यसलाई उन्नत समाजको रुपमा परिभाषित गरेर आँफुलाई अब्बल प्रजातान्त्रिक मुलुक भएको दावी गर्न छोड्दैन । हाम्रा लागि यहि ठुलो बिडम्बना हो । नेपालको सुरक्षाका लागि सिमानामा पर्खाल लगाएर भिषा प्रणाली लागु गर्नुपर्ने माग उठेको धेरै बर्ष भयो । भिषा प्रणालीले नेपालको महत्व भारतभर फैलिनेछ । भिषा प्रणालीले नेपाल प्रमुख पर्यटकीय मुलुक हुने र नेपालले गतिलो आम्दानी गर्ने अनुमान गर्न सकिन्छ । अहिले खुल्ला सिमानाले नेपाललाई कतिपय भारतीयले आफ्नै राज्य जस्तो ठान्छन् । यहि मौकाको फाइदा उठाएर नेपाल–भारत दुबैतिर अपराधीहरुले सेल्टर बनाएका बेलाबेलामा बिभिन्न तथ्यहरुले पुष्टि समेत गरिसकेको छ ।

यहि बेलामा नेपालमा हुन लागेको आइफा अवार्ड कार्यक्रमले दुवै देश बिचको तिक्तता मेट्न सघाउ पुर्याउने अनुमान गर्न सकिन्छ । आइफा अवार्ड नेपालमा हुनु गर्बको बिषय भएपनि यसका बिरोधमा नेपालीहरुको स्वर बर्षनु माथि उल्लेखित भारतका बिकृत रुपका यावत कारणहरु जोडिएका छन् । खास कारण आइफा एउटा संस्थाको कार्यक्रम हो । भलै यो महत्वपुर्ण भएपनि नेपाल सरकारको प्रमुख मन्त्री नै आयोजक बन्नु नेपालीको शिर निहुरनु हो । अहिले पर्यटनमन्त्री प्रधानमन्त्री ओली स्वंय हुनुहुन्छ । देशको प्रधानमन्त्री जस्तो ब्यक्ति कुनै संस्थाको आयोजक टिममा बस्न हुँदैन भनेर बिरोध शुरु भएको हो । नेपाल सरकारले सुरक्षा लगायतमा सहकार्य गरेर मद्धत गर्न सक्छ । तर, मन्त्री नै आयोजक बन्दा नेपालको स्तरलाई बिश्व माझ पातालमा पुर्याउनेछ । त्यसैले, यसमा सरकार गंभिर भएर आफ्नो शिर ठाडो राख्ने भुमिका निर्बाह गर्न सक्नुपर्छ ।

अर्को कुरा, आइफा अवार्डका लागि नेपाल सरकारको सुरक्षा लगायतमा खर्च स्वत हुनेछ । त्यसैले, आयोजकलाई ४४ करोड दिने निर्णयले नेपाली चलचित्रकर्मीको मन दुखेको हुनुपर्छ । हुन त आइफा कार्यक्रमको ब्यबस्थापन पक्षलाई हेर्दा यो रकम ठुलो होइन । तर, नेपाल सरकारले नेपाली फिल्मी क्षेत्रलाई बेवास्ता गरेर भारतीय फिल्मको एक कार्यक्रममा यो रकम खर्चनु निकै महंगो हो । यसलाई सरकारले गंभिरतासाथ लिनुपर्छ भन्ने आम मान्यता पनि हो ।

पर्यटन क्षेत्रको फाइदाका नाममा हाम्रो अस्मिता र मान्यतालाई बेच्नेगरि रकम सहयोग गर्नु र मन्त्री सरहको ब्यक्ति कुनै एक संस्थाको संयोजनकारी बन्नु हाम्रा लागि घोर लज्जास्पद बिषय हो भन्ने सरकारले बुझ्न आबस्यक छ । भारतीय फिल्म क्षेत्रको यो आइफा अवार्ड ठुलो धनराशी खर्च हुने प्रमुख पुरस्कार संस्था हो । यसले जुन मुलुकमा कार्यक्रम गर्छ, त्यो मुलुकमा प्रचलित कर र खर्च रकम तिर्दे आएको छ । अहिलेसम्म यसको बिगत हेर्दा जुन मुलुकमा कार्यक्रम गर्छ, त्यो देशको सरकारलाई यो अवार्ड संस्थाले पैसा बुझाउँछ । केहि मुलुकले आइफालाई सहयोग नगरेका पनि होइनन् । श्रीलंकाले पनि आइफालाई एक अर्ब सहयोग गरेको आइफाको वेभसाइटमा देख्न सकिन्छ । तर, हाम्रो हालत अन्य मुुलुकले गरे जसरीे सहयोग गर्ने मजबुत स्तरको छैन । हामीले नेपाली फिल्म क्षेत्रलाई सहयोग गर्न नसकेको अबस्थामा आइफालाई दिने ४४ करोड निकै ठुलो रकम भएको हो । त्यसैले, नेपाल सरकारसंग सुरक्षा समन्वय गरेर कुनै महानगरको मेयरलाई अतिथी बनाएर कार्यक्रम चलाउन हामी आइफा अवार्ड टोलीलाई हार्दिक स्वागत गर्दछौं । फेरि, पनि हामी भन्छौं, नेपाललाई सघाउ पुर्याउनेगरि हुने कार्यक्रम गर्न हामी सदा तत्पर छौं । हामी अतिथीहरुलाई भगवान सम्झेर आतिथ्यता प्रदान गर्न आतुर छौं ।

धेरैलाई लागेको होला, हामीले आइफा अवार्ड कार्यक्रमलाई बिरोध गरेका हौं । कतै कतै यो प्रचार पनि सुनियो, देखियो । तर, मेरो ब्यक्तिगत धारणा भनेको नेपाल सरकारको कमजोरीको हामीले बिरोध गरेका हौं । आइफा अवार्डको बिरोध बिल्कुल होइन ।

नेपालमा अहिले दुई अतिवाद हावी छ । पहिलो, भारतको बिरोध गर्ने बित्तिकै आँफुलाई राष्ट्रबादी सम्झने । दोस्रो, भारतले जे गरेपनि सहनैपर्ने । यी दुवै अतिवादी समुह र ब्यक्तिहरु नेपाल–भारत दुवै देशका लागि खतरनाक पक्ष हुन् । पृथ्वी रहेसम्म नेपाल रहन्छ । नेपाल रहेसम्म भारत पनि अबस्य रहन्छ । भारत रहेसम्म हाम्रो छिमेकी भारतनै रहने नै भयो । कुनै घर भए त बसाँई सरेर छिमेकी फेरौंला भन्न सकिन्थ्यो होला । यो देश हो । मातृभुमि हो । त्यसैले, भारत छिमेकी देश नेपालले फेर्ने नसक्ने भएकोले हाम्रा दृष्टिकोण र कृयाकलाप अतिबादबाट टाढा रहन सक्नुपर्छ । चीन र भारतको घनिष्टताबाट हामी असल छिमेकी बनिरहन सक्छौं । हामी हाम्रो इतिहासलाई भारतमा फैलाउन चाहन्छौं । किनकी हामी स्वतन्त्र र सार्वमुलुकका सबैभन्दा स्वाभिमानी जनता हौं । अत स् आइफा कार्यक्रमलाई नेपालमा हार्दिक स्वागत गर्न हामी प्रतिक्षारत छौं ।

लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन्  त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस