वालविवाहको अवस्था चिन्ताजनक दैलेखमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल

असार १५, दैलेख । दैलेख जिल्लामा पछिल्लो समय वालविवाहको अवस्था चिन्ताजनक रहेको पाईएको छ । रिपोर्ट सङ्कलन दैलेखको समन्वयनमा आवाज सँस्थाले सदरमुकाम दैलेखमा गरेको बालविवाह निर्मूल परियोजनाको जानकारी सम्वन्धी पत्रकार सम्मेलनमा आवाज संस्थाद्धारा आयोजित कार्यक्रममा परियोजना प्रमुख चेतनराज गिरीले उक्त कुरा बताए । चुनौतीकाबीच पनि आवाज सँख्थाले कार्यक्रम प्रभावकारी रुपमा गरिरहेको उनको भनाई थियो ।

मुख्य क्षेत्र मावन अधिकार, असल शासन, गरिवी निवारणमा केन्द्रत भएर आफुहरुले काम गरेको परियोजना प्रमुख गिरीले बताए । परियोजनाले ३ वर्षदेखी काम गर्दै आएको छ । आवाज संस्थाले विशेषत दैलेखको दुल्लुनगरपालिकामा विशेष रुपमा काम गरिरहेको छ । कार्यक्रमले रोकथाम, ब्यवस्थापन र बहस तथा पैरवीमा काम गरेको छ ।

जनचेतना कार्यक्रम, सेवा प्रदान तथा क्षमता अभिबृद्धि तथा सेवा, सुविधाको पहुंच अभिबृद्धि र प्रभावकारी कार्यान्वयनमा परियोजनाले काम गरेको छ । लैगिक हिसां, बालविवाह, यौन हिंसा, दुरब्यवहार, बेचविखन, शिक्षा, बाल संरक्षण, जिवनयापन, आर्थिक सहयोग, बाल अधिकारका क्षेत्रमा काम गरेको आवाज संस्थाका परियोजना प्रमुख गिरीले बताएका छन् । बालविवाहको जोखिममा रहेका २ सय ८० जनालाई गुणस्तरिय शिक्षाका लागि शैक्षिक सहयोग गरेको छ ।

७० जनालाई बालविवाहबाट उद्धार गरिएको १ सय ४१ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरेको तथा ९४ पारिवारिक मनोविमर्श परामर्श दिएको ८५ मध्येस्तता, ३५ जनालाई आपतकालिन सहयोग, ७५ जनालाई कानुनी परामर्श, ९८ जनालाई पारिवारिक पुन मिलन तथा पुनस्थापना गरिएको आवाज संस्थाले जनाएको छ । आवाज सँस्थाले ५ जिल्लामा बालविवाह निर्मुल परियोजनासहितका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस