आईतबार पेट्रोलियम पदार्थको अन्वेषणको लागि प्राविधिकको टोलि दैलेख आउँदै ,अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने अपेक्षा’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

असार १५ ,दैलेख । दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को प्रारम्भिक अध्यनका लागि आईतबार विज्ञ र प्राविधिकसहितको टोलि दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली पञ्चकोशी क्षेत्रमा आउन लागेको हो । गत वैशाख १८ गते देखि उत्खनन गर्ने भनिएको भएता पनि प्राविधि समस्याका बाबजुत ढिलाई भएको हो । अन्वशेषणका लागि रू.२ अर्ब २० करोड सम्झौता भएको छ ।
दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा .सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरू गरिने जानकारी दिए ।
महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने छ ,चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरू गर्न लागेको हो, उनले भने । गएको फागुन महिनाको १६ गते चीनको राजधानी बेइजिङमा चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुन र नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सापकोटाबिच सम्झौता भएको थियो ।
तीन बर्षमै टुङ्गो लगाईने
तीन वर्षमा तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यावसायिक सम्भाव्यता छ ,छैन भन्नेबारे टुङ्गो लगाईने खानी तथा भुगर्भ विभागले जनायो । ‘कुन क्षेत्रमा व्यावसायिकरुपमा उत्पादन गर्न सम्भव छ ,या छैन’ भनेर टोलि दैलेख आई व्यावसायीक उत्पादन बारे ठोस अध्यन अनुसन्धान गर्ने छ ,शूरुमै उत्खननको कार्य गरिने छैन् ,’सापकोटाले फोन मार्फत जानकारी दिए । यसको अवधि तीन बर्षको हुने अनुमान छ । विज्ञ र प्राविधिकको टोलिले पहिलो चरणमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने जनाईएको छ । विभागका अनुसार दोस्रो चरणमा दैलेखमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेस्रो चरणमा समग्र नेपालमा पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने निर्देशक सापकोटाको बताए ।

                                   बर्षाैँ देखि शिरिस्थानमा बलिरहेको पञ्चकोशी ज्वाला । तस्वीर ‍‍ःपंखबहादुर शाही
कुन स्थानमा के छ ?
दुल्लुको पश्चिम भाग र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको पुर्वी भागको बीचमा पर्नै पादुका क्षेत्रमा कच्चा तेल र पेट्रोलियम कच्चा पदार्थ रहेको प्रारम्भिक अध्यनले जनाएको छ । यस्तै शिरिस्थानमा जमीनमुनिबाट ग्यास निस्किएको छ । जुन मन्दिरमा दिपको रुपमा समेत बाल्ने गरिन्छ । नाभिस्थान, धुलेश्वर क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको दुल्लु नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले बताए । विभागले यी सबै स्थाानमा अन्वेषणको गर्ने छ ।
१३ बर्ष पहिला भएको थियो मिथेन ग्यासको रुपमा प्रमाणीत
खानी तथा भूगर्भ विभागले १३ वर्षअघि उपञ्चकोशी क्षेत्रमा ज्वाला मिथेन ग्यास भएको प्रमाणित गरेको थियो । त्यसपछि वि.सं.२०७२ चैतमा चिनियाँ विशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख आएको आयो । एक सातासम्म अनुसन्धान गरेर फर्केपछि अन्वेशषणका लागि प्रक्रिया अघि बढेको हो । यस्तै नेपालमा भारतले नाकाबन्दी गरेको बेला वि.सं.२०७२ मंसिर २१ गते तत्कालीन् उद्योगमन्त्री सोमप्रसाद पाण्डे शिरस्थान पुगेर पेट्रोलियम पदार्थ उत्खनन गर्ने घोषणा गरेका थिए । त्यसबेला चीनबाट आएको ६सदस्यीय चाइना जियोलोजिकल सर्भेको टोलीले सम्भाव्यता अध्ययन गरी विभिन्न स्थानमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्दै सरकारलाई प्रतिवेदन समेत बुझाएको थियो ।
चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको मानिन्छ । विसं २०७२ चैतमा यही कार्यका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भइसकेको थियो । तर, सरकारले गत माघमा मात्रै चीनलाई पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । र,फागुन महीनाको १६ गते चीनको राजधानी बेइजिङमा चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुन र नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाबिच सम्झौता भएको थियो ।
यसबारे के भन्छन दैलेखका सांसद !
दैलेख निर्वाचन क्षेत्र नं.१बाट निर्वाचित प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले दुल्लु नगरपालिका र भैरवी गाउँपालिका क्षेत्रमा रहेको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन भए मुलुकको विकासमा कोसेढुङ्गा सावित हुने बताए ।
पञ्चकोशी क्षेत्रका कुनै पनि संरचनालाई नमासिने गरी अन्वेषणको कार्यलाई अघि बढईने दैलेख क्षेत्र नं.२बाट निर्वाचित कर्णाली प्रदेशका सांसद शुसिल कुमार थापाले बताए । ‘समर्ग दैलेखबासीले रोजगारीका अवसरहरु प्राप्त गर्ने छन ,उनले भने ।,अर्थतन्त्रमा यसले ठुलो सहयोग पुग्ने छ ,उनले भने ।
यस्तै दैलेखबाट निर्वाचित प्रतिनिधि सभाकी सदस्य पार्वति विशुन्केले त्यहाँका संरचनालाई कुनै बाधा नहुने र निश्चित मुहान खोजि कार्य अघि बढाउँन सम्झौता भएको बताईन । उनले ,आईतबार उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको टोलि समेत दैलेख आउने बताईन । यस्तै कर्णाली प्रदेश बाट पनि निर्वाचित सांसद र केहि मन्त्रीहरुको टोलि समेत दैलेख आउने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस