गौतम खातीको दोश्रो म्युजिक भिडियो बजारमा (हेर्नुहोस भिडियो )

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । मोडल गौतम खातीको दोश्रो म्युजिक भिडियो सार्बजनिक भएको छ । सफल खेलाडी समेत रहेका उनको पहिलो म्युजिक पनि निकै सफल भएको थियो ।

मेलिना राईको स्वर रहेको गीतमा अस्मिता भण्डारीले खातीलाई साथ दिएकी छिन् । गितमा शब्द उत्तम खाजुमको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । ”सिम सिम पानी” नामक गीतमा राम्रो अभिनय गरेका उनलाई सफल कलाकारका रुपमा देख्न सकिन्छ ।

शाहसिक कार्य गरि संसारलाई चकित पार्ने खाती संसारभर नेपालको नाम चिनाउन सफल पनि छन र उनि निरन्तर नयाँ काम गर्दै चर्चामा छन् । कराँतेका ब्ल्याक बेल्ट उनी कराँते प्रशिक्षकका साथै निकै राम्रो कलाकार पनि हुन । उनले काठमाडौंका विभिन्न विद्यालयमा कराँते पनि सिकाउने गर्छन् । र आगामी दिन राम्रो म्युजिक भिडियो सहित ठुलो पर्दाको चलचित्रमा खेल्ने तरखरमा पनि छन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस