महिलाको शरीरमा किल्लाले घोच्दै हिड्ने पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको अपराध महाशाखासहितको टोलीले कार्कीलाई बिहीबार राति १० बजे महाराजगञ्जबाट पक्राउ गरेको हो। महाराजगञ्जमा फास्टफुट चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान दिएका छन्।केही समयदेखि राजधानीका विभिन्न स्थानमा हुँदै आएको यसखालको आक्रमणले महिला र सर्वसाधरण त्रासमा रहेका थिए।आक्रमण जारी रहने र आक्रमणकारी पक्राउ नपर्ने हुँदा महिलामा थप त्रास सिर्जना भएको थियो।

गत जेठमा शृंखलाबद्ध रुपमा डल्लु क्षेत्रमा महिलाहरुमाथि यसखालको आक्रमण भएको थियो।रातिको समयमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने कायम जारी रहेपछि प्रहरीले त्यो क्षेत्रलाई विशेष निगरानीमा राखेर खोज अनुसन्धान अगाडि बढाएको थियो।

घाइते महिलाहरुले टेकु अस्पतालमा उपचार भैरहेको छ । महिलाहरुको उजुरीपछि परिसर र महाशाखाको संयुक्त टोलीले विशेष खोजतलास सुरु गरेको थियो।खोजीकै क्रममा बिहीबार राति बाइकमा कोठमा फर्कँदै गरेका कार्कीलाई प्रहरीले बा४७प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस