अभिनेत्री करिष्मा मानन्धरको एसईई रिजल्ट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धले माध्यामिक शिक्षा परीक्षा एसईई पास गरेकि छिन् ।

बिहिबार सार्वजनिक नतिजा अनुसार उनले बी प्लस ल्याएकी  छिन् । नतिजाअनुसार करिश्माले ३ जीपीए ल्याएकी छिन् ।

मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक मा.वि. (परीक्षा केन्द्र) बाट एसईई परीक्षा दिएकि थिइन् । मानन्धरले सानै उमेरदेखि नेपाली चलचित्रमा अभिनय गर्न थालिन् । विभिन्न कारणले उमेर हुँदा उनले पढ्न पाएकि थिइनन् ।

पछिल्लो समय कक्षा ८ देखि मैतीदेवीस्थित त्रिवेणी मा.वि. को नियमित विद्यार्थी भएकी उनले ३ वर्षयता आफ्नो समय अध्ययनमै खर्चिएकि थिइन् । उनको उद्धेश्य भने जसरी हुन्छ एसईई पास गर्नु थियो ।

परीक्षाकै तयारीका लागि भनेर करिष्मा १ महिना रातदिन पढाईमा नै केन्द्रित भएकि थिइन् ।

कुन विषयमा कति ?

अंग्रेजी – ‘बी प्लस’ – ३.२ जिपिए
नेपाली – ‘बी’ – २.८ जिपिए
गणित – ‘सी’ – २ जिपिए
विज्ञान – ‘बी’ – २.८ जिपिए
सामाजिक अध्ययन – ‘बी’ – २.८ जिपिए
स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा – ‘बी प्लस’ – ३.२ जिपिए
ऐच्छिक प्रथम जनसङ्ख्या शिक्षा – ‘बी प्लस’ – ३.२ जिपिए
ऐच्छिक द्वितीय कार्यालय व्यवस्थापन र लेखा – ‘ए प्लस’ – ४ जिपिए

प्रतिक्रिया दिनुहोस