आरनले धानेको जीवन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • भावना हमाल

असार १२,देैलेख । आगनभरि उछिट्टएका अविछिन्न फलामका टुक्राहरु । रातो आगोको राप अनि घुँवाले गहभरि पसिना तैरिरहन्छन । अझ भन्नुपर्दा फलाम सँग जुध्नुपर्दाको पिडा त कति छ कति । एक हातले फलामको कराँतिले फलामनै समात्यो अनि एक हातले पिटिरह्यो दिनभर । गाउँको मुल बाटो मान्छे आवात जावत गरिरहन्छन् । सानो प्लाष्ट्रिकले छोएको छानो त्यहाँ भित्र फलाम पोल्न प्रयोग गरिने कोईला । बजिरेहको हुन्छ, आगो धुवाँउन प्रयोग गरिने पंखा । विभिन्न रोगव्याधिले च्यापेको जीवनलाई फलाम सँग जुधाईरहेका छन ठाटीकाँध गाउँपालिका–१का ६० बर्षिय स्थानीय रणबहादुर बि.क ।

टन्टलापुर घाममा गहभरि पसिना बगाउँदै आरनमा फलाम पिट्दै रणबहादुर । तस्वीर : भावना हमाल दैलेख ।

उनले केहि समय पहिले शारिरिक समस्याका कारण एक खुट्टा गुमाएका छन् । एउटा खुट्टाको सहयतामा काम गर्नुपर्छ । तैपनि आफ्ना रितिबाली र बालबालिकालाई कसरी पाल्ने चिन्ता छ उनलाई । विहान देखि साँझ सम्म फलाम सँगै लडेर आरनमै दिन वित्ने समयले अझै परिर्वतन पाएको छैन ,उनको । हाल उनको १ सय भन्दा धेरै बालिघरे छन् । काम गरेवापत उनी अन्न बालि लिन्छन् । पुर्खादेखिनै उनको पेशा भनेको आरन नै हो ।उनका बुबाले पनि यहि पेशा गदै जहान परिवार धानेकै थिए । तर, हाल उनले पनि यहि पेशाले परिवारलाई मुस्किलले घानेकै छन् ।

एक सिजनमा फलामका औजार कराए वापत उनी पाँच पाथि सम्म गहुँ ,पाँच पाथि सम्मनै धान र एक डोको सम्म मकै लिने गर्दछन् । उनका जहान धेरै छ ,आरनमा उनी मात्र हैनन् ,कहिले उनको श्रीमति कहिले नाति–नतिनाहरु पनि खटिन्छन उनलाई सघाउन । उनको करिब ७/८ जना जहानलाई धौ धौ गरेर आरनबाटै चित्त बुजाउछन्,उनी । धेरे मेहनत गर्नुपर्ने यो व्यबसाय पुरानै परम्परामा आधारित छ । आरन सञ्चालनका लागि कसैले पनि सहयोग नगरेको उनको भनाई छ । आरनको लागि आवाश्यक आधुनिक औजार भए आधुनिक आरनमा व्यबसायलाई थप व्यवस्थित गर्ने उनको योजना छ । नयाँ प्रविधिका औजारहरु उपलब्ध भए काम गर्न सहज हुन्थ्यो ,उनले भने ।

आरनमा कुटो ,कोदालो ,हसिँया , बञ्चरो, फरुवा लगाएत किसानहरुलाई दैनिक जसो अतिनै आवश्यक पर्ने सबै खाले औजारहरु बनाउन अनि कराउन(औजारले राम्रो सँग काम गरेन भने धार निकाल्न) गाउँले उनको आरनमा आउने गर्दछन् । उनको एक मुख्य समस्या भनेको नै कोईला गोला हो । कोईला राम्रो भयो भने फलामलाई कमलो पार्न सकिन्छ । कोहिला पाउँन समस्या हुन्छ । दलित समुदायको यो पुर्खेली पेशा पछिल्लो समय विस्तारै लोप हुने चिन्ता छ ,उनले भने ,फलाम सँग जुध्नु पर्ने भएकाले नयाँ पुस्ताहरु यस्मा काम गर्न रुचाउँदैनन । मुख्य कारण भनेको त , यो पेशा आधुनिकीकरण नहुँनु र जताततै आधुनिक ग्रील उद्योगहरु सञ्चालनमा आएकोले यस्को महत्व दिनानुदिन घट्दै गएको र आरन व्यबसाय लोप हुँदै गएको हो । ठाटीकाँध गाउँपालिका भर कम्तिमा अझै प्रत्येक बस्ति बस्तिमा यो पेशा गर्ने व्यबसायी रहेको उनको भनाई छ ।

आरन व्यबसायका लागि राज्यले केहि गर्नुपर्ने ,स्थानीय वुद्धिजीवि नामबहादुर शाहीले बताए । यो पेशा दलित समुदायको लागि मात्र नभई सबैका लागि आवाश्यक भएकाले राज्यले केहि व्यबस्था गर्नुपर्ने उनको भनाई छ । आरन व्यबसायमै जीविकोपार्जन गर्ने जिल्लाभर थुप्रै आरन व्यबसायीहरु अहिले मारमा परेको दुल्लु नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले बताए । यस्तै महावु गाउँपालिका–४का नामबहादुर कामीले पनि यो व्यबसायबाट परिवार चलाउन निकै कठीनाई भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस