अनुदानमा कृषि उपकरण बितरण गरिने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल

असार १२, इलाम । कृषि ज्ञान केन्द्र इलामले किसानहरुलाइ अनुदानमा कृषि सामाग्री बितरण गर्ने भएको छ ।

प्रदेश कृषि बिकास निर्देशनालय प्रदेश नं १ को कार्यक्रम अनुसार इलाममा किसानहरुकै मागको आधारमा आबेदन मागेर छनौट भएका ८० जना किसानहरुलाइ ५० देखी ७५ प्रतिसत सम्मको अनुदान दिएर कृषि सामाग्री उपलब्ध गराउन आजसम्म करिब ५० जना किसानहरुलाइ सिफारीस पत्र दिएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । कृषकको मागको आधारमा बारी जोत्ने मिनि टिलर घाँस काट्ने ब्रस कटर, स्प्रे ट्याङ्गी खेत हिल्याउने रोबाटोर बितरण गरिने कार्ययोजना रहेको थियो । छनौट भएर संझौता गरिसकिएको किसानहरुको लागि संझौतामा उल्लेख गरिएको रकम किसानकै बैक खातामा हालिदिने र बाकी रकम किसानले नै लगानी गरि आधिकारीक बिक्रेतासग किसानले संझौता गरेर सामान खरिद गर्नुपर्ने कृषि ज्ञानकेन्द्र इलामले जनाएको छ ।

किसानलाइ प्रबिधि मैत्रिबनाएर उत्पादन लागत घटाएर अनुदानको कार्यक्रममा प्रदेश सरकारको निति अनुरुप गराइएको हो । यता कतिपय ग्रामिण किसानहरुले भने यस्ता कार्यक्रमहरु आफुहरुले थाहानै नपाउने गुनासो गरेका छन् । स्थानिय तहमा कार्यरत कृषि पव्राबिधिकहरुले यस्ता कार्यक्रमहरुको बारेमा किसाजनहरुलाइ जानकारी नगराउदा यस्तो गुनासो आउने गरेको छ । स्थानिय तहका जनप्रतिनिधिहरुले पनि किसानको बारेमा हुने यस्ता कार्य योजनाहरुलाइ अनुगमन र मुल्याङ्गन गरेर कृषि प्रबिधिकहरुलाइ सचेत गराउनु पर्नेमा किसानहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस