इलामको रोङमा चितुवा आतंक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल

असार १२, इलाम । किसानले पालेको बाख्रा खोरैबाट हराउन थालेपछि किसानहरु निरास त्रसीद बनेका छन् ।

इलामको रोङ गाउपालिका वडा नं ६ रम्भ्याङ्गका किसान बुद्ध प्रधानले पालेको बाख्रा एकसाता अघि रातको समयमा खोरैबाट हराएपछि भोलीपल्ट करीब ८ सय मिटर टाडा मासुको टुक्रो मात्रै भेटिएको थियो । करिब १४, १५ किलोको सो बाख्रो त्यती पर लैजादा कहि कतै पनि नघिसारीएको कारण लैजाने जनावर ठूलै रहेको अनुमान सहजै गर्न सकिन्छ । त्यसका साता नबित्दै हिजो बेलुका सोहि गाउको ढकाल प्रधानले पालेको दश/बह्र किलोको खसी खोरैबाट निकालेर लगेको छ । खोरको आसपासमा पाइला मात्र भेटिएको छ भने खसीको चिनोसमेत नभेटिएपछि किसानहरु त्रसिद बनेका छन् । सो जनावर बाघ हो वा चितुवा हो केहि भन्न नसकिने तर पाइला हेर्दा ठूलै जनावर रहेको स्थानिय षम चाम्लिङ्गले बताए ।

सो जनाबर गाउकै आसपासमा रहेको आसंकामा गाउलेहरुला जंगलमा घासकाट्न र हिड्डुल गर्न समेत असहज भएको स्थानिय बासीहरुको भनाइ रहृेको छ ।

प्रतिक्रिया दिनुहोस