नागरिकको सहयोग विना प्रहरी सफल हुदैन प्रदेश प्रमुख DIG शाह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असार ११, काठमाडौं । भर्खरै सरुवा भएर आउनु भएका ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महा निरीक्षक सुरेश बिक्रम शाहले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने बताएका छन् ।

पत्रकारहरुसँगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए । उनले प्रहरी भित्र पनि केही कमिकम्जोरी रहको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे बताए । वाइट पछिल्लो समय नेपाल प्रहरी लोकप्रिय बन्दै गएको भन्दै उहाँले ठाउँँठाउँँमा प्रहरी चौकिको माग भैरहेको बताए ।

उनले प्रहरीको सङख्या बढाउँने कि स्रोत साधन र प्रविधिले भरिपूर्ण गराउने अहिले मुख्य वहसको विषय भएको बताए । वाइट प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको वयवस्था कडानईका साथ लागू भएको डिआइजी शाहले बताउनु भयो । यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस