- सागर थापा
असार ११, दाङ । दाङको घोराही तुलसीपुर सडक खण्डको सौडीकुलामा ट्रकले ठक्कर दिएपछि मोटरसाइकल चालकको घटना स्थलमा निधन भएको हो ।
ना ६ ख २६३४ नम्बरको ट्रकले रा १ प ५३३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घोराही १० जलौरा निबासी ३४ बर्षीय कमानसिंह वली (कमल) को घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेका अनुसार स्थानीयले सडक जाम गरे पनि बैकल्पिक बाटोबाट सवारीका साधान सञ्चालन गरेको जानकारी दिनुभएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित परिवारसंग छलफल गरेर समाधान गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस