पर्साबाट हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 असार १०, पर्सा । वीरगंज महानगरपालिका(६ माईस्थानबाट हुण्डी कारोबारमा संलग्न ८ जनालाई नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तु सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका(७ बस्ने ३३ वर्षीय बिनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका(२ बस्ने ३५ वर्षीय राज कपुर साह, पर्सा वीरगंज महानगरपालिका(१० बस्ने २६ वर्षीय चन्दन कुमार सर्राफ, पर्सा वीरगंज महानगरपालिका(६ बस्ने ३७ वर्षीय राकेश कुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका(२ बस्ने २४ वर्षीय सुजित कुमार साह, बारा परवानीपर गाउँपालिका(१ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेका छन् ।

उक्त ठाउँस्थित केपी स्वर्णकलाकेन्द्र सुनचाँदी पसल मा हुण्डी कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । साथै जिल्ला प्रहरी कार्यालय पर्सा र आन्तरिक राजश्व कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले उक्त पसल सिल गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस