“नेपालका जनशक्ती विदेशमा श्रम गर्दै : वैदेशिक रोजगारीलाई उपलब्धी ठान्नुपर्ने बाध्यता”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

असार १०, सुर्खेत । नेपालको भलो सोच्ने र केही गर्ने जोसजाँगर र हिम्मत भएका युवाशक्ती विदेशिनुपर्ने वाध्यता रहेको कर्णाली प्रदेशसभाका सांसद ठम्मर बिष्टले बताएका छन । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बिष्टले नेपालमा युवा जति बाहिरिएर श्रमको स्वदेशमा वृद्ध, केटाकेटी र नेताहरु मात्र रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही

“अब हामि सबैले सरकार र अन्य निकायलाई गालि मात्र गर्ने परिपाटिले समस्या हुँदैन , सबैलाई झकझक्याउनुपर्यो । ” उनले भने । युवाहरुलाई स्वदेशको लागि सोच्ने र स्वदेशमै श्रम गर्ने स्कुलिङ नभएको सांसद विष्टको भनाई छ । “नेपाल सरकारले युवाको लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ । प्रदेश सरकार र स्थानिय तहवे पनि अनुदान, सिपविकासका कार्यक्रमहरु ल्याएका छन । तर युवाहरु रोजगारी कुर्सिमा दिएन भन्छौँ तर आवेदन दिदैनौँ । ” उनले भने ।उनले नक्कलि कृषकहरुले सक्कली कृषकलाई साइड लगाएको र युवाहरुले कृषी र उद्यम गर्न चाहे ऋण अनुदानमा प्रसस्त उपलब्ध हुने दावि गरे ।

भ्रष्टाचारले समाजलाई खोक्रो पारेको बताउँदै सांसद बिष्टले भने “सानातिनाको त कुरा छाडौँ, सांसद/मन्त्रीज्यु त्यहाँ फलानो कामको लागि भन्दिनुहुन्थ्यो कि भन्ने चलन छ ।” एनजीओ आइएनजीओ संग सहकार्य गरेर युवालाई स्वदेशमै रोजगारी दिलाउन सकिने उनको भनाई छ ।

‘वालविवाहले प्रजनन स्वास्थ्यमा असर गर्यो’

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले वालविवाहको दर कर्णालीमा बढि भएको हुनाले युवा तथा किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्यमा समस्या आउने बताए । वालविवाहको अन्त्य गर्न परिवार, विद्यालय र सरकार सबै लाग्नुपर्ने उनको भनाई छ । युवाहरु जतिशक्दो आत्मनिर्भर हुनुपर्ने उनको जोड छ ।

“कर्णाली प्रदेशमा सबैभन्दा बढी बजेट बाटोमा खर्च गरियो भन्ने गुनासो छ । तर कतिपय स्थानमा बेथिती पनि भएको छ सडकको नाममा । जुनसुकै क्षेत्रको पुर्वाधार तयार गर्नका लागि पहिलो प्राथामिकता यातायात सडक भएकोले प्राथामिकतामा राखिएको हो । ” उनले भने । कर्णाली प्रदेश सरकारले आव २०७५/०७७ मा स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरी प्रदेश अस्पताललाई करिब ५ करोड बिनियोजन गरिएको बताए ।

‘वैदेशिक रोजगारीलाई उपलब्धी ठान्नुपर्ने बाध्यता छ ‘

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का सुर्खेतका जिल्ला अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले युवाहरुलाई विदेश पठाउन कानुन खुकुलो हुनु सरकारको मुख्य उपलब्धीको रुपमा ठान्नुपर्ने स्थिती रहेको बताए । “अनिय देशको फ्रि भिषा, फ्री टिकट र धेरै देशमा युवा श्रम गर्न जान पाउने भए भने ठुलो उपलब्धी मान्नुपर्ने देशमा हामी छौँ । उनले भने । ” चुनाव आउँछ युवाहरु पार्टिको चुनाव प्रचारका साधन हुन्छौँ । तर अलिअलि युवाको क्षेत्रमा छुट्टाइएको बजेट असारमा ३ दिन होटेलमा कार्यक्रम गर्छौँ प्राय: युवा नै सहभागि हुदैनन । “

एउटा शिशु गर्भवाट नै आमा भोको भए भोको भएर जन्मिनुपर्ने समस्या कर्णाली प्रदेशमा रहेको आउने बताए । देशमा श्रमको सम्मान नभएकोले पनि युवाहरु दैनिक हजारौँको संख्यामा विदेशिनुपर्ने समस्या रहेको उनको भनाई छ ।

कार्यक्रममा आयोन ( एसोसिएसन अफ युथ अर्गनाइजेशन नेपाल) का वरिष्ठ कार्यक्रम अधिकृत सुस्मिता श्रेष्ठले आयोन कर्णाली प्रदेशका युवाका समग्र समस्या समाधानका लागि प्रदेश सरकासंग सहकार्य गर्न तयार रहेको बताइन ।

आयोन स्कुल अफ लिडरसिप ( एसोसिएसन अफ युथ अर्गनाइजेशन नेपाल) को आयोजनामा भएको ” यौन तथा प्रजनन स्वास्थ्य र अधिकार पैरवी क्षमता अभिवृद्धी तालिम ” मा कर्णाली प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस