नेपालगन्जको दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षा अधिकारीहरु सरसफाईमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह

असार १०, नेपालगन्ज ।  नेपाल भारत नाका जमुनाहको दशगजा मंगलबार बिहान सरसफाई गरिएको छ । लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत नेपाल र भारतीय प्रशासनिक र सुरक्षा अधिकारीहरुले सरसफाई गरेका हुन । नेपाल प्रवेश गर्ने मुलगेटको दशगजा क्षेत्र अत्यन्त दुर्गन्धित थियो ।

उक्त नाका हुँदै आवात–जावत गर्नेहरु फोहोर देखेर वाक्क थिए । तर आज बिहानै उक्त क्षेत्र सरसफाई गरेर सफा पारिएको छ । सरसफाई कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण अर्याल, सशस्त्र प्रहरीका एसपी भोजबहादुर शाह, नेपाल प्रहरी लागुऔषध व्युरोका प्रहरी निरिक्षक बिरबहादुर थापा, भारतीय सीमा सुरक्षा बलका अधिकारीहरु सहभागि रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले लागुऔषधको समस्या समाजबाट सफा गर्नुपर्छ भन्ने संकेत स्वरुप दशगजा सफा गरिएको बताए । त्यस्तै सशस्त्र प्रहरी प्रमुख शाहले सीमाक्षेत्रमा हुने लागुऔषधका बिरुद्धमा जागरण ल्याउन गरिएका यस्ता कार्यक्रम प्रभावकारी हुनेमा जोड दिए । लागुऔषध बिरुद्धको अभियान बाँकेमा साताव्यापीरुपमा मनाउने काम भइरहेको रिकभरी नेपालका प्रदेश संयोजक प्रविण बिसीले जानकारी दिए । साताव्यापी कार्यक्रम प्रभावकारी भइरहेको उनले बताए ।

बाँकेमा जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा रिकभरी नेपाल, परिवर्तन समूहको अगुवाईमा बिभिन्न कार्यक्रम भइरहेको परिवर्तन समूहकी कार्यक्रम संयोजक इन्दु रावलले जानकारी दिइन

प्रतिक्रिया दिनुहोस