मोरङबाट पेस्तोल तथा गोली सहित २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ९ , मोरङ बेलबारी नगरपालिका-४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने ३४ वर्षीय कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.१७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस