“काल” बन्दै राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिरामीको मृत्युपछि तनावग्रस्त

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार ०९,दाङ ।दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीका एक महिलाको मृत्यु भएको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको सोमबार मृत्यु भएको हो ।

शनिबार प्रतिष्ठानको आकष्मिक कक्षमा भर्ना गरिएको साढुको आइतबार दिँउसोसम्म स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको थियो । राति १ बजेबाट साढुको पिसाब रोकिएर छटपटाउन थालेको मृतकका श्रीमान टिकाराम साढुले बताए । ‘आइतबार दिँउसोसम्म उनी धेरै तंग्रिएकी थिइन । राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन थालिन । ’ उनले भने ‘हामीले नर्सहरुलाई डाक्टर बोलाइदिन आग्रह ग¥र्यौ । तर कोही पनि आएन । बिहान ८ बजे उनको मृत्यु भयो । ’

मृतकको शव अस्पतालको जनरल वार्डबाट उठाइएको छैन् । अस्पतालले मृतकका आफन्तलाई मृत्युको कारणबारे खुलाएको छैन् ।

यता प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले आइतबार दिँउसोसम्म बिरामीमा सुधार हुँदै गएको र साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने बताए । उनले भने, ‘अत्याधिक पखालाका कारण कहिलकाँही यस्तो हुन्छ । मैले हिजो दिँउसोसम्म उहाँलाई हेर्दा सुधार हुँदै थियो । सोमबार बिहान उनको मृत्यु भएछ । यसबारे मलाई थप जानकारी छैन ।

घटनापछि प्रतिष्ठान परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस