राजधानीमा फेरी साझा यातायात बसहरु थपिदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ९ , काठमाडौँ । काठमाडौं महानगरसँगको सहकार्यमा थप २० वटा साझा यातायात बस सञ्चालन गर्ने भएको हो।

साझा यातायात बस सञ्चालन असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ। साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिटसमेत लिइसकिएको छ, ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइने छन्।

साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ। साझाका ७१ बस नियमित सञ्चालनमा छन्। २० वटा थपिएपछि ९१ वटा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस