रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ९, रौतहट । रौतहट जिल्लास्थित मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ ।

आइतवार बिहान गौर नगरपालिका–८ सिर्सिया टोलस्थित १० बजे मोटरबाट पानी पठाउने क्रममा तारमा विद्युत सर्ट भई करेन्ट लागेर ४० वर्षीय रामचन्द्र पाश्वान अचेत भएका थिए ।

अचेत पाश्वानलाई उपचारका लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पपु नायकले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम भई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस