कोपा अमेरिकाको क्वाटरफाईनलमा अर्जेन्टिना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ९, एजेन्सी । कोपा अमेरिका फुटबलको आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाईनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । अर्जेन्टिनाले क्वाटरफाईनलमा भेनेजुएलासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस