ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८,  सिराहा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुखिपुर नगरपालिका-८ सुखिपुर बजार बिद्यानगर बस्ने २५ वर्षीय रामदुलार यादव र २७ वर्षीय मनोज कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस