३ नम्बर प्रदेश प्रहरी प्रमुखको स्वागत कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८ , मकवानपुर । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतलाई एक कार्यक्रम गरेर स्वागत गरिएको छ ।

गत जेठ ३१ गते नेपाल सरकार गृह मन्त्रालयले गरेको निर्णयअनुसार महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, काठमाण्डौबाट सरुवा भई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा आएका प्रहरी नायव महानिरीक्षक बस्नेतलाई प्रहरी अधिकृतहरुद्धारा सफल कार्यकालको शुभकामनासहित उनलाई स्वागत गरिएको हो ।

आईतबार एक कार्यक्रमकाबिच ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बस्नेतले कार्यभार समेत ग्रहण गरेका छन् । दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको प्राङ्गणमा प्रहरीको एक टुकडीले उनलाई सम्मान सलामी अर्पण गरेको थियो ।

उक्त स्वागत कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी र प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी, दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका प्रमुख ध्रवराज राउत, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नविन राज राई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस