पर्साको वीरगञ्जस्थित सर्पले टोकेका कारणले दैनिक १० जना अस्पतालमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८ ,काठमाडौं । तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी संगै गर्मी पनि बढेको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् । तराईका जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा ,बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदीले बताए ।

सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस