आज गएको भूकम्पका कारण १९ जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८,चीन । चीनको चेङदु दक्षिणी क्षेत्रमा आइतबार आएको भूकम्पका कारण १९ जना घाइते भएका छन् ।

सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको त्यहांको स्थानीयहरुले  जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति १०:२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस