बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८, रुपन्देही । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना वडा न. ६ कलौनीमा महेन्द्रनगरबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्यो र मोटरसाइकलमा सवार अन्दाजि २०–२५ वर्षका दुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन् । उनीहरुको अनुहार चिन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस