माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८, सुर्खेत । सुर्खेत-वीरेन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ पतेनीका २१ वर्षीय लक्ष्मण चौधरीको शनिबार दिउँसो माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

माछा मार्न घर नजिकैको खोलामा विद्युत् तार जोडिएको थियो । चौधरी बत्ती नभएको बेला माछा मार्न गएका थिए । माछा मार्ने क्रममा एक्कासी विद्युत् करेन्ट लागेर उनको मृत्यु भएको छिमेकी राजेन्द्र खत्रीले जानकारी दिए ।

करेन्ट लागेलगत्तै उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । शवलाई परीक्षणका लागि प्रदेश अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस