काठमाडौंबाट बझाङ जादैं गरेको बस दुर्घटना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक दुर्घटनामा परेको छ । काठमाडौंबाट शनिबाaर बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना ६ ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ३० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस चालक सिकारु भएकाले दुर्घटना भएको हो । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस