इटहरीका मेयर चौधरीलाई कानुनी कार्वाहीको माग गर्दै दाङका महिला कर्मीहरुद्वारा ज्ञापन पत्र

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

असार ०७ दाङ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरीको पछिल्लो अभिव्यक्ति प्रति सिसा नेपाल केन्द्रले आपत्ति जनाएको छ । इटहरीका मेयर चौधरीलाई कानुनी कार्वाहीको माग गर्दै दाङका महिला कर्मीहरुद्वारा जिल्ला प्रशासन कार्यलय दाङमा  ज्ञापन पत्र बुझाएका छन् ।

सस्थाकी केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकीले शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाललाई महिला अधिकार कर्मीहरुले ज्ञापन पत्र बुझाउदै मेयर चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्ने गरि दिएको अभिव्यक्तिको भत्सर्ना गरेकी छन ।

अहिलेको व्यवस्था ल्याउन महिलाहरुले पुरुष समान योगदान गरेको स्मरण गराउँदै लोकतान्त्रिक मुलुकमा साशक बाटै महिलाप्रति एक पछि अर्कौ गर्दै विभेद र हिंसा गरिएको भन्दै चिन्ता जाहेर गरेकी छन् ।

मेयर चौधरीले कानुनले नै बर्जिद गरेका शब्दहरु प्रयोग गरेको हुँदा कानुनी कारवाहीको माग पनि गरिएको छ ज्ञापन पत्रमा बंगलादेशका एमविविएस पढ्दै गरेका छात्राहरुको बारेमा विवादास्पद अभिव्यक्ति दिएका कारण नेपालका एक मन्त्रीले केही समय पहिले पदवाट राजिनामा दिनुपरेको कुरा स्मरण गराउँदै मेयर चौधरीलाई पनि पार्टी वाट तत्काल अवलम्ब कारवाहीको जोरदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस