सेफ्टी ट्याङकीमा निस्सासिएर दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईका अनुसार सेफ्टी ट्याङकीमा ढलान खोल्ने क्रममा ट्याङकीमा भित्र छिरेका खाँदबारी–४ सेकाहाका तारावीर गुरुङ र ईश्वर राईको मृत्यु भएको हो ।

आइतबार स्थानीय नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङकी भित्रको ढलान खोल्न भनेर ईश्वर ट्याङकी भित्र पसेका थिए । उनी भित्रै बेहोस भएपछि निकाल्न गएका तारावीर पनि ट्याङकी भित्र बेहोस भएका थिए । घाईते दुबै जनालाई स्थानीयले तत्कालै उद्दार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

गम्भीर घाईते भएका गुरुङ र राईको जिल्ला अस्पताल संखुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस