नेपाल प्रहरीका १५ एसएसपीको सरुवा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा पठाइएको छ । त्यहाँका एसएसपी टेकबहादुर तामाङलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा ल्याइएको छ ।

कसको सरूवा कहाँ ? हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस