१६ डिआइजीको सरूवा, ब्युरोमा सिंह

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा गरेको छ। सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो।

सरूवा सूचीअनुसार प्रदेश २ मा कार्यरत डिआइजी धिरजप्रताप सिंहको केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा भएको छ। ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ। सुदूरपश्चिम प्रदेशमा कार्यरत उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

कसको सरूवा कहाँ ? हेर्नुहोस्

DIG_transfer_2078_03_07 (1)

प्रतिक्रिया दिनुहोस