असार ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार नया संक्रमितमा ६४ महिला ३५७ जना पुरुष रहेका छन् । यस्तै बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस